१३ बैशाख २०८१, बिहिबार

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरु


डा. युवराज खतिवडा

काठमाडौँ, साउन ६ । नेपाल सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन अन्त्य हुने बताएको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले हिजो बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने बताएका हुन् । उनले अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै त्यसको अन्त्य भएको बताएका हुन् ।

सरकारले चैत ११ गतेदेखि नेपालभर लकडाउन सुरु गरेको थियो । भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय पनि सरकारले गरेको छ । बिहीबारदेखि सार्वजनिक यातायात पनि संचालन हुँदैछन् । अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !