१३ बैशाख २०८१, बिहिबार

आमेजोन कम्पनीले सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध


आमेजोन कम्पनीले सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध

सान फ्रान्सिस्को, २७ असार । आमेजोन कम्पनीले आफ्ना कर्मचारीलाई “सुरक्षा जोखिम” भएको कारण देखाउँदै आ-आफ्नो सेलफोनबाट टिकटक हटाउन अनुरोध गरेको न्युयोर्क टाइम्सले शुक्रबार जानकारी दिएको छ ।

भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दिनपछि आमेजोन कम्पनीमा यस्तो निर्णय आएको हो । सार्वभौमिकता, अखण्डता र प्रतिरक्षाको लागि यो निर्णय गरिएको न्युयोर्क टाइम्सले प्राप्त गरेको इमेलमा बताइएको छ ।

कर्मचारीहरूले “आमेजोन ईमेल पहुँच रहेको कुनै पनि उपकरणहरूबाट एप्पहरु मेटाउनुपर्ने आमेजोनका अधिकारीहरूले जनाएका छन् । कर्मचारीले आफ्नो आमेजोन कम्पनीबाट ईमेल प्राप्त गर्ने प्रयोजनका लागि शुक्रवारसम्म टिकटक एप्पस् हटाउनपर्ने अधिकारीहरु जानकारी दिएका छन् । यद्यपी आमेजोनका कर्मचारीहरूलाई उनीहरूको ल्यापटप ब्राउजरबाट अझै टिकटक हेर्न अनुमति छ ।

ह्वाइट हाउसले टिकटक लगायत चिनियाँ सामाजिक सञ्जालका एप्स् प्रतिबन्ध लगाएको यसअघि नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पुष्टि गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !