१२ बैशाख २०८१, बुधबार

महोत्तरीमा आत्महत्या गरेकी वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि


मृत्यु

महोत्तरी, भदौ १८ । महोत्तरी जिल्लामा आत्महत्या गरेकी एक जना वृद्ध महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका-३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाले जनाएको छ । मृतक महिलाको घरका अन्य ३ जनामा भदौ ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो ।

महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनले किन आत्महत्या गरिन् भन्ने अहिलेसम्म कुनै कुरा नखुलेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !