८ बैशाख २०८१, शनिबार

रुपन्देहीको क्वारेन्टिनमा गार्ड बसेका १ जना युवाले आफैमाथि लगाए आगो


आगलागी

बुटवल, साउन २० । रुपन्देही जिल्लाको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका १ जना युवाले आफैमाथि आगो लगाएका छन् । रुपन्देहीको देवदह नगरपालिका-७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले राति करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् ।

आत्महत्या प्रयास गरेका युवाको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना महामारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा काम गर्दै आएका थिए ।

उनले किन आफ्नै शरीरमा आगो लगाएका हुन् भन्ने खुल्न सकेको छैन । शरीरको धेरै भाग जलेको र उनी बोल्न सक्ने अवस्थामा नरहेकोले सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !