७ बैशाख २०८१, शुक्रबार

चितवनमा खुर्पा प्रहार गरी महिलाले गरिन् छिमेकी पुरुषको विभत्स हत्या

शारीरिक सम्बन्ध राख्न खोजेको भन्दै हत्या गरेको हुनसक्ने आशंका


हत्या

चितवन । कोरोना महामारीले गर्दा देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लागू गरिएको छ । देशभरका नागरिकहरु कोरोनाको कहरले भयभीत भएको छन् । तर यस्तो बेला निषेधाज्ञाले गर्दा घरमै बसेकोले मानिसमा तनाव र डिप्रेशन पनि बढिरहेको छ भने आपराधिक घटना पनि बढिरहेका छन् ।

यसैवीच चितवनमा आफूलाई शारीरिक सम्बन्ध राख्न खोजेको भन्दै एक महिलाले छिमेकीको विभत्स हत्या गरेको हुनसक्ने आशंका घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा हेर्दा प्रहरीले गरेको छ । चितवनले ईच्छाकामना गाँउपालिका-५ बस्ने ४५ वर्षीय काईली भन्ने सर्किना चेपाङले छिमेकीको हत्या गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य बहादुर राना मगरले नेपालपत्रलाई दिएको जानकारी अनुसार छिमेकीको हत्या गरेको आरोपमा ती महिलालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको बताए ।

प्रहरीका अनुसार गत वैशाख ३१ गते ईच्छाकामना गाँउपालिका-५ स्थित तिननम्बर पुलबाट ५० मिटर तल खोल्सामा ६५ वर्षीय गोपी प्रजाको शव फेला पारेको थियो । टाउकोमा चोट लागेको अवस्थामा प्रजाको शव भेटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी निरीक्षक सहितको टोलीले सर्किना चेपाङलाई पक्राउ गरेको हो ।

गोपी प्रजाले रातको समयमा शारीरिक सम्बन्ध राख्ने भन्दै जबरजस्ती गरेको हुदाँ सर्किनाले आफुसंग भएको खुर्पाले टाउकोमा प्रहार गरी गम्भीर घाईते अवस्थामा छोडी गएको सर्किनाले स्विकार गरेको अनुसन्धानमा खुल्न आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य बहादुर राना मगरले बताए ।

घटनामा प्रयोग गरिएको भनिएको फलामले बनेको धारिलो घरेलु हतियार पनि प्रहरीले बरामद गरेको छ । कोरोनाको महामारीको बेला यस्ता अपराधिक घटना दोस्रो लहरको कोरोना बढेपछि त्यति सुनिएको थिएन । अव निषेधाज्ञा थप बढ्दै जाने हो भने यस्ता घटना बढ्ने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !