८ बैशाख २०८१, शनिबार

काठमाडौंको टोखामा श्रीमानको सिलौटोले हत्या गरी श्रीमतीले गरिन् आत्महत्या

काठमाडौंको टोखामा इन्जिनियर दम्पत्ति मृत फेला


हत्या

काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा इन्जिनियर दम्पती मृत फेला परेका छन् । हिजो शुक्रवार पौने ९ बजे दम्पती मृत अवस्थामा फेला परेका हुन् । श्रीमानको हत्या गरी श्रीमतीले पनि आत्महत्या गरेकी हुन् ।

३३ वर्षीया श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् । कोठाभित्र मृत अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको शव प्रहरीले बरामद गरेको छ ।

उमेशको परिवार अमेरिका बस्दै आएकोले उमेश केही समयअघि अमेरिकाबाट काठमाडौं फर्केका हुन् । सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

घटनास्थलमा रगत लागेका अवस्थामा सिलौटो फेला परेको छ । सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेर आफु झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको र घटनाबारे विस्तृत अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !