११ कार्तिक २०७७, मंगलवार

बलात्कारपछि हत्या गरिएकी सम्झना विकको ८ दिनपछि दाहसंस्कार



सम्झना विक

बझाङ, १४ असोज । बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना विकको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन् ।

शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताउनुभयो ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई रु १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, कार्तिक १० । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनु भएको छ । राष्ट्रपति

काठमाडौँ, कार्तिक १० । बरिष्ट हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत

चितवन, कार्तिक १० । चितवन जिल्लामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा

टीकापुर, १० कात्तिक । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । उच्च रक्तचाप र मधूमेहको