१२ बैशाख २०८१, बुधबार

सुस्मिता हत्या प्रकरण : ससुराबाट सुस्मितालाई बाथरुममा जर्बजस्ती करणी समेत गरेको खुलासा


सुस्मिता हत्या

काठमाडौं, १५ असार । असार १ गते हेटौंडामा भएको सुस्मिता थापा क्षेत्रीको हत्या उनकै ससुरा, नन्दले गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ । आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी सुस्मिताको हत्या उनकै परिवारका सदस्यवाट भएको प्रहरीले जानकारी दिएको हो ।

सुस्मिता भुईंमा बसेर खाना खाँदै गर्दा ससुराले बाहिरबाट काठको लौरो हातमा लिएर टाउकोमा प्रहार गरेपछि भुईँमा लडेकी थिइन् । त्यसपछि नन्द सिता थापाले समेत भाउजुमाथि प्रहार गरेकी थिइन् । ससुरा प्रकाश थापाबाट बुहारी सुस्मितालाई बाथरुपममा जर्बजस्ती करणी उद्दोग गरेको समेत खुलेको छ ।

२३ असोज २०७६ मा ससुरालीबाट फर्कने क्रममा सवारी दुर्घटनामा परी सुस्मिताका पति रुपेन्द्र थापाको मृत्यु भएको थियो । रुपेन्द्रको मृत्युको कारण सुस्मिता हो भनी मानसिक यातना दिने गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !