७ बैशाख २०८१, शुक्रबार

सिन्धुलीमा पहिरो र खोलाले बगाएर २ जनाको मृत्यु


मृत्यु

सिन्धुली । जिल्लामा भएको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । एक जनाको पहिराले पुरिएर र अर्का एकको खोलाले बगाएर मृत्यु भएको हो । वर्षाका कारण कमलामाई नगरपालिका वडा नं ८ पहिरेस्थित राम बहादुर बम्जन आश्रममा एक जनाको पहिराले पुरिँदा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालका अनुसार आश्रमको. परिसरभित्र रहेका घरमा माथिबाट आएको पहिराले घरभित्रै पुर्दा मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ घर भई हाल आश्रममा बसोबास गर्ने अन्दाजी ६९ वर्षीय महात्मा गुरु भनिने लरिनबहादुर हिम्दुङको मृत्यु भएको हो ।

उहाँका अनुसार कमलामाई-८ सिस्नेरी स्थित कमलाखोलाको दक्षिणपट्टि कमलाखोलाले बगाइल्याएको एउटा शव भेटिएको छ । शव कमलामाई –५ फोस्रटार बस्ने ८७ वर्षीय सन्तबहादुर मगरको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै वर्षात्का कारण प्रहरीले विभिन्न स्थानमा मनिसको उद्धार गरेको छ । कमलामाई-९ सुकेखोला स्थित बिपी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको गोलञ्जोर गाउँपालिका १ च्याखुटारका वासुदेव श्रेष्ठले चलाएको ज १ ह ४५५९ नंको अटो खोला तर्ने क्रममा खोलामा नै रहेका बेला अटो, चालक र सवार एक जनालाई प्रहरीले उद्धार गरेको छ ।

त्यस्तै कमलामाई-५ मधुटार नजीक कारागारबाट सिन्धुली मधुटारतर्फ आउँदै गरेको बा ५ ख ६७३२ नंको खाली ट्रक रानीखोलामा आएको बाढीले ३० मिटर तल पुर्याएकामा प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-१ बस्ने सागर लामा स्याङ्तानलाई प्रहरीले उद्धार गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !