गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु Nepalpatra गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु
१२ श्रावण २०७८, मंगलबार

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु


पहिरो

पोखरा । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खसेको छ। स्रोतका अनुसार एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !