१२ बैशाख २०८१, बुधबार

मेलम्चीमा फेरि आयो बाढी, ढल्‍यो नदी किनारको ३ तले घर


मेलम्चीमा ढल्‍यो ३ तले घर

लगातारको वर्षाले सिन्धुपाल्‍चोकको मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ । मेलम्ची खोलामा गएरातिदेखि पानी परेकाले फेरि पानीको वहाब बढेको हो । स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो ।

घर ढले पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

यही असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जना व्यक्तिको मृत्यु भएको तथा दर्जनौ बेपत्ता भएका छन् । त्यस्तै ४०० भन्दा बढी घर विस्थापित भएका छन् ।

निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ । बाढीले मेलम्चीका ५० भन्दा बढी घर जोखिममा छन् । बाढीले विस्थापितहरु अहिले माख्लो भेगका स्थानमा बसिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !