१३ बैशाख २०८१, बिहिबार

बाढीले ६ घर बगायो, प्रहरी कार्यालय नै डुबानमा


बाढी

मनाङको सदरमुकाम चामेमा ६ घर बगाएको छ । दुईवटा खोलामा बाढी आउँदा बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।

एक प्रहरीले भने, ‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसक्यो । पानी गरेको पर्‍यै छ । के गर्ने गर्ने भन्ने स्थिति आयो। बेलैमा यहाँका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन ।

बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको एक प्रहरीले जानकारी दिए । ‘यहाँ भएका सबै जनतालाई माडास्थित कारागारमा पुर्‍याएका छौं । तर, हामी नै बाढीको मारमा परिसकेका छौं । हामी नै असुरक्षित भइसकेका छौं,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु