पहिरामा पुरिएका तीन जनाको शव फेला



निधन

पाल्पा,९ असोज । रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताउनुभयो ।

पहिराले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन् । पहिरो गएका कारण सडक अवरुद्ध भएकाले प्रदेशसभा सदस्य नारायण आचार्य र गाउँपालिका अध्यक्ष विष्णु भण्डारी घटनास्थलमा पुग्न नसकेको पालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बेनी, ४ कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षात्को कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको

पर्वत, १८ असोज । पर्वतमा यस वर्षको मनसुन शुरु भएयता बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा

सिन्धुपाल्चोक, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लालाई प्राकृतिक प्रकोपबाट बचाउन नयाँ अभियान थालनी गरेको छ । नेकपाले

पाल्पा, १० असोज । रम्भा गाउँपालिका-२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।