८ बैशाख २०८१, शनिबार

नारायणी नदीमा पानीको बहाव खतराको तहमा पुग्यो, सतर्क रहन प्रशासनको अनुरोध


नारायणीमा पानीको बहाब

चितवन, असोज ८ । नारायणी नदीमा पानीको बहाव खतराको तहमा पुगेको छ । देशभर हिजोदेखि नै निरन्तर वर्षा भएपछि नारायणीको बहाब बढ्दै गएको हो । नदीको बहाबले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विभागका अनुसार नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा सतर्कता तह पार गरेको छ ।

देवघाट क्षेत्रमा पानीको सतह ८.३ मिटरमा पुगेको छ । जबकी ७.३ मिटरलाई सतर्कता तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ । नारायणगढको पुल्चोकस्थित नारायणी नदीको पुलमा पानीको सहत ११.३ मिटर पुगेको छ । ११ मिटरलाई सतर्कताको तह मानिन्छ। यहाँ पानीको सतह खतराको तहतर्फ उन्मुख भइरहेको छ । पानीको सतह निरन्तर बढ्दै गएको विभागले जनाएको छ।

चितवनमा निरन्तर वर्षा भइरहेकाले देवघाट क्षेत्रमा खतराको तह पार गर्ने देखिन्छ । निरन्तर वर्षासंगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !