६ बैशाख २०८१, बिहिबार

पहिराले आठ घरमा क्षति, चार सवारी साधन बगायो


गाडी बगायो

मुग्लिन, ३० भदौ । पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो ।

पहिराले दुई मोटरसाइकल, एक÷एक म्याजिक भ्यान र बलेरोमा पनि क्षति पुर्याएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।

पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ । पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !