११ बैशाख २०८१, मंगलबार

बागलुङमा पहिरो : ५ घर पुरिए, १ जना बेपत्ता


बागलुङमा पहिरो

गलकोट, भदौ २९ । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका-१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान ५ वटा घर पुरिएको छ भने १ जना बेपत्ता भएका छन् ।

घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता हुनुभएको हो । परिवारका अन्य ५ जना सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !