१३ बैशाख २०८१, बिहिबार

अछाममा भिषण बाढी : ४ जनाको मृत्यु, १७ जना बेपत्ता


अछाममा भिषण बाढी

अछाम, ३ भदौ । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर ४ जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका-५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।

बाढीले बगेर बेपत्ता भएकाहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्दारमा समस्या भइरहेको बताइको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !