८ बैशाख २०८१, शनिबार

सिन्धुपाल्चोक लिदी पहिरो (अपडेट) : ५ जनाको शव भेटियो, ३८ जना बेपत्ता (नामसहित)


सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ लिदीको लामा टोलमा भीषण पहिरो

सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका ५ जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३८ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरामा पुरिएका ५ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए । लिदी लामाटोलका ३८ जना स्थानीय बेपत्ता भएको भन्दै जुगल गाउँपालिकाले सूची निकालेको छ ।

सभामुख अग्नि सापकोटासँगै पुगेका नेपाली सेनाको टोलीले गम्भीर घाइते भएका ५ जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । ४ जना चौतारा अस्पताल र १ जनालाई काठमाडौंको सिभिल हस्पिटल पठाइएको छ ।

जुगल गाउँपालिकाका अनुसार बेपत्ता हुनेहरुको सूची

१. छविलाल दोङ

२. सोमरानी दोङ

३. धनलक्ष्मी दोङ

४. शिरमाया दोङ

५. विवरानी दोङ

६. साहिँली दोङ

७. बिबी लक्ष्मी दोङ

८. सानुकान्छा दोङ

९. साङलामो दोङ

१०. सोनाम दोङ

११. हिरा भक्ति दोङ

१२. जीते झाँक्री दोङ

१३. सानुकान्छी दोङ (गर्भवती)

१४. दिन्दुस दोङ

१५. सुरज दोङ

१६.करेसमाई दोङ

१७. च्यामा दोङ

१८. सानु दोङ

१९. टीकामाया दोङ

२०. छिरिङ दोङ

२१. मानबहादुर दोङ

२२. जयबहादुर दोङ

२३. प्रिया दोङ

२४. प्रीति दोङ

२५. कान्छी दोङ

२६. सानुकान्छी दोङ

२७. वाङ्ची लामा दोङ

२८. धनमाया तामाङ दोङ

२९. रेनिस दोङ

३०. मेकमाया दोङ

३१. मिलन दोङ

३२. विमला दोङ

३३. माइला पराङ

३४. प्रकाश दोङ

३५. साइली दोङ

३६. आयुश दोङ

३७. सुवास तामाङ

३८. टीकामाई दोङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !