६ बैशाख २०८१, बिहिबार

पहिरा विस्थापितको माग : राहत र पुनस्र्थापना


बागलुङमा बाढीपहिरो

सिन्धुपाल्चोक, २६ साउन । जुगल गाउँपालिका–२ स्थित सानो नाम्फाका पहिरो विस्थापितले तत्काल राहत र पुनस्र्थापनाको पहल गरिदिन माग गरेका छन् । गत असार २६ गते राति गएको भीषण पहिराबाट पूर्ण रुपमा विस्थापित २९ घरपरिवारले आफूहरुलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन् । आइतबार अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटासहितको पार्टी प्रतिनिधिसँग स्थानीयवासीले आफ्नो समस्या पोखेका हुन् ।

पहिरापछि सानो नाम्फाका २९ घरपरिवार ठूलो नाम्फामा अर्काको बारीमा अस्थायी टेन्ट हालेर बसेका छन् । त्यहाँ पनि सञ्चगाउँको ठूलो ढुङ्गा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापित चिन्तित छन् । २०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरुले घर बनाएका थिए । घरमा बसेको बर्ष बित्न नपाउँदै बस्तीको दुवैतर्फ पहिरा गएपछि र घरहरुको बीचबीचमा समेत चिरा परेपछि उनीहरु थातथलो छोड्न बाध्य भएका हुन् । आइतबार भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थायी बसोबासको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरुले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरबाही गरेको दाबी गर्दै क्षतिपूर्तिको माग गरे ।

छलफलमा नेता सापकोटाले आफूहरु हरेक विपत्तिमा जनतासँगै रहेको स्पष्ट गर्दै यस पटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सञ्चगाउँको ठूलो ढुङ्गा व्यवस्थापन गरिने बताउँदै हाइड्रोपावर सम्बद्ध अधिकारीहरुसँग पनि छलफलका लागि सहजीकरण गरिने बताउनुभयो । उहाँले पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसँग छिट्टै छलफल गरिने प्रतिबद्धता दोहो¥याउनुभयो ।

स्थानीय विस्थापितहरुसँग भएको छलफलमा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधसहित नेकपा जुगल गाउँपालिकाका अध्यक्ष पदम श्रेष्ठ, सहइन्चार्ज रेशम स्याङ्बो, सचिव लक्ष्मण दोङ, नेता जेपी सिलवाललगायत सहभागी हुनुभएको थियो । छलफलका सहभागीले दुःखका बेला सम्झेकामा नेतृत्वलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना मागबारे गम्भीर भइदिन विशेष आग्रह गरेका थिए ।

चीनको नेलम काउन्टीबाट स्वास्थ्य सामग्री सहयोग

कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो सहयोग गर्ने भएको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामग्री हस्तान्तरण गर्ने भएको हो ।

तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार ८०० पिपिई सेटसहित पाँच हजार मेडिकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गर्ने भएको छ । यससँगै नेलम काउन्टीले पञ्जा दुई हजार, आइसोलेसन माक्स दुई हजार थान र एन नाइन्टीफाइभ मास्क दिने भएको छ । साथै मेडिकल मास्क पनि पाँच हजार थान दिने भएको छ ।

चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगका लागि भिटिएम दुई हजार र पिसिआर रिएजेन्ट दुई हजार थान सहयोग गर्ने भएको छ । जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेको अवस्थामा नेलम काउन्टीले गर्ने यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोगमध्येकै ठूलो सहयोग रहेको उहाँले बताउनुभयो ।

प्रजिअ ढकालका अनुसार बुधबार मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पूरा गर्न र त्यसलाई निर्मलीकरण गर्नसमेत एकदुई दिन लाग्नेछ । त्यसपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चौताराको स्टोरमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा आवश्यक परेको ठाउँमा उपलब्ध गराउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !