१३ बैशाख २०८१, बिहिबार

बाढीले धादिङमा पृथ्वी राजमार्ग अन्तर्गत विन्दु मौवाखोलाको पुल भत्कियो


बाढीले धादिङमा पृथ्वी राजमार्ग अन्तर्गत विन्दु मौवाखोलाको पुल भत्कियो

काठमाडौँ, साउन ५ । लगातारको भारी वर्षासँगै आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० मा पृथ्वी राजमार्गको सडक भत्काएको छ । चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको हो ।

चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको उक्त खोलाको पुल भत्किएपछि यातायात आवतजावत नै बन्द भएको छ । मौवा खोलाले पुलको छेउपट्टी कटान गरेकोले यातायात अवरुद्ध छ । बाढीले सडक नै बगाएपछि मानिस समेत ओहोरदोहोर गर्नसक्ने अवस्था छैन ।

पहिरोले ३ वटा घर बगाएको छ भने त्रिशुलीपट्टीका घरहरु जोखिममा परेको छ । किरानाका सामानहरु सुरक्षित ठाउँमा सार्न थालिएको छ । अविरल वर्षाले गएको पहिरो र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ ।

जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ। पहिरोको लेदो सडकमा बगेकाले राजमार्ग अवरुद्ध भएको छ। त्यसैगरी मोवाखोला नजिकैको ठाडो खोलाले एउटा टिपर पनि बगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !