११ बैशाख २०८१, मंगलबार

बाह्रविसे र जम्बु बाढी पहिरोको अवस्था बुझ्न सभामुख सापकोटा त्यसतर्फ प्रस्थान


सिन्धुपाल्चोकको

काठमाडौं, असार २५ । सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे र जम्बु बजार लगायतमा बाढीपहिरोले क्षति पुर्याएको स्थानको स्थलगत अवलोकनका लागि हेलिकप्टरवाट त्यसतर्फ लागेको सापकोटाको निजी सचिवालयले जनाएकोे छ ।

गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता भएका छन् भने २ शव प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले रातोपाटीलाई जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !