८ बैशाख २०८१, शनिबार

चट्याङले गोठमा आगलागी


आगलागी

गुल्मी, २८ वैशाख । मुसिकोट नगरपालिका-९ अर्लाङ्कोटको दासिकोटमा आज चट्याङ पर्दा एउटा गोठमा आगलागी भएको छ । चटयाङले डाँसिकोट पखरेबारी निवासी प्रेमबहादुर विकका गोठमा रहेको भैँसी मरेको वडाध्यक्ष नरेशराज खरेलले बताउनुभयो ।

आगलागीबाट गोठको माथिल्लो तलामा रहेको खाद्यान्न लगायत अन्य सामग्रीसमेत जलेर पूर्ण नष्ट भएको छ । राति ठूलो आवाजमा चट्याङ परेपछि आगलागी भएको थाहा पाएपछि स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !