१२ बैशाख २०८१, बुधबार

चट्याङले घरमा आगलागी


आगलागी

तुलसीपुर,२३ वैशाख । दाङको एक घरमा चट्याङ पर्दा आज आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं ११ नारायणपुर निवासी द्रोण केसीका घरमा आगलागी भएको हो ।

चट्याङबाट मानवीय क्षति नभए पनि दुईतले घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । आगलागीपछि घरभित्र रहेका सबै बाहिर निस्किएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करीब रु चार लाख बराबरको क्षति भएको छ । घरभित्र रहेका लत्ताकपडा, सामग्री र खानेकुरा सबै जलेर नष्ट भएको प्रहरीले बताएको छ । अहिले पीडित केसीको परिवार स्थानीयवासीका घरमा बसिरहेको छ ।

घर भत्कियो
भारी वर्षाले तुलसीपुर उपमहानगरपालिका वडा नं ८ अस्वाराका मोहन विकको घर आज भत्किएको छ ।

हावाहुरीसँगै परेको वर्षाले घर भत्किएको प्रहरीले जनाएको छ । घर भत्किँदा घरभित्रको खाद्यान्नलगायत सामग्रीमा क्षति पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !