७ बैशाख २०८१, शुक्रबार

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी


रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । आज सोमबार दिउँसो एक्कासी आगलागी भएको महानगरीय प्रहरी वृत्त, कालिमाटी स्रोतले जानकारी दिएको छ । अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ ।

आगलागी भएपछि प्रहरीले विभिन्न तलामा रहेका मानिसहरुको उद्दार गरेको थियो । प्रहरीका अनुसार काठमाडौं, ललितपुर महानगरपालिका सहितका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका अनुसार विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको थप जानकारी आउँन भने बाँकी नै रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !