१२ बैशाख २०८१, बुधबार

शिवम् सिमेन्ट उद्योगमा आगलागी


आगलागी

मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !