८ बैशाख २०८१, शनिबार

लमजुङमा फेरि गयो ५.३ म्याग्निच्यूडको भूकम्प, काठमाडौंमा समेत धक्का महसुश


भूकम्प

काठमाडौं । लमजुङ जिल्ला नै केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुश भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका ४ जना घाइते भएका छन् भने एक दर्जन बढी घरमा क्षति भएको छ । आज बिहान गएका दुवै दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !