८ बैशाख २०८१, शनिबार

करेन्ट लागेर मृत्यु


करेन्ट

भरतपुर,१८ असोज । चितवनको माडीमा वन्यजन्तु धपाउन विछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार वसन्तपुरस्थित खेतमा गैँडा धपाउन बिछ्याइएको बिजुलीको नाङ्गो तारको करेन्ट महतोलाई हिँडिरहेका अवस्थामा लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !