६ बैशाख २०८१, बिहिबार

ललितपुरका कोरोना संक्रमित मृतकको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि


विद्युतीय शवदाहगृह

ललितपुर, १५ जेठ । ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मती घर भई बुधबार अपराह्न निधन भएका ५७ वर्षीय पुरुषको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिने भएको छ । अन्त्येष्टि गर्ने जिम्मा राजदल गणलगायत नेपाली सेनालाई दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मृतक व्यक्तिको सम्पर्कका आएका आफन्त, परिवारलगायत छिमेकीको कोरोना परीक्षण र कन्ट्याक्ट टे«सिङ गर्ने जिम्मा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई दिइएको छ ।” जनस्वास्थ्य कार्यालयले बुङ्मतीमा गएर आवश्यक व्यक्तिको कोरोना परीक्षण गर्ने भुसालले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !