१३ बैशाख २०८१, बिहिबार

रहेनन् चर्चित गीतकार रत्नशमशेर थापा


रत्नशमशेर थापा

१५ जेठ, काठमाडौं । चर्चित गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

हिजो बुधबार बेलुकी श्वास फेर्न अप्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ । उनलाई नर्भिकको आइसोलेसनमा राखिएको थियो । यसको नतिजा नआइन्जेल उनको शव अस्पतालमै राखिनेछ ।

कुकुर डोर्‍याउने क्रममा केही समयअगाडि थापा चिप्लिएर लडेका थिए । नशा च्यापिएपछि गत वर्षको माघ २८ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको अपरेसन गरिएकोले त्यसपछि उनी घरमै आराम गरिरहेका थिए ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’ ‘घुम्तीमा नआउ है…, ‘उकारी ओरालो गर्दै…’ जस्ता दर्जनौं गीतहरु चर्चित छन् । नारायण गोपालले गाएका सुरुवाती गीतहरु उनले नै लेखेका थिए । थापाका श्रीमती र २ छोराहरु छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !