८ बैशाख २०८१, शनिबार

मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु


मृत्यु

मोरङ, बैशाख २८ । मोरङको बेलवारी नगरपालिका-९ का ३० बर्षीय दिलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार अपरान्ह साँढे ४ बजेको समयमा स्थानीय दुधे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेको थियो ।

घाईते भएका चौधरीको उपचारको क्रममा धरानको बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा साँझ साँढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बनधमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !