७ बैशाख २०८१, शुक्रबार

भारतमा रेलले किच्दा १५ मजदुरहरुको मृत्यु


Janankpur-jaynagar-railway

एजेन्सी, २६ वैशाख । छिमेकी देश भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किचेपछि १५ जना मजदुरहरुको मृत्यु भएको छ । घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते ५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनुमान गरिएको छ । यो दुर्घटना शुक्रबार बिहान सवा ५ बजेतिर भएको जनाइएको छ ।

औरंगाबादको एक स्टील कारखानामा काम उनीहरु सवै सबै मजदुरहरु भुसावलतर्फ गइरहेका थिए र रेलको प्रतिक्षा गरिरहेका थिए । दुर्घटना औरगंबादका कर्माड स्टेशन नजिकै भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !