८ बैशाख २०८१, शनिबार

खोटाङमा खोलाले बगाएर १ जना बालिकाको मृत्यु


child-death

खोटाङ, बैशाख २३ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काको १४ बर्षीया छोरी अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ ।

सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको र फर्केदा बाटोमा पर्ने साप्सु खोला तर्ने क्रममा अचानक बाढीले बगाई बालिका बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोलमिटर तल मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !