७ बैशाख २०८१, शुक्रबार

समाजसेवी बरालको निधन


मृत्यु

पोखरा, २१ वैशाख । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा महानगरपालिका–११ तुलसी मार्ग निवासी समाजसेवी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आज निधन भएको छ । केही समयदेखि मुटुको समस्याबाट प्रभावित समाजसेवी बरालको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उहाँका तीन छोरा र सात छोरी हुनुहन्छ ।

स्व बरालको पार्थिव शरीर आजै रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको थियो । शवयात्रामा शुभेच्छुक, परिवारजन र आफन्त सहभागी थिए । कास्की काँग्रेसका सभापति कृष्ण केसी, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कास्की काँग्रेसका प्रवक्ता एवम् नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललगायतले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !