७ बैशाख २०८१, शुक्रबार

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता सबै ७ जनाको शव भेटियो


अन्नपूर्णको हिमपहिरोमा बेपत्ता सबै ७ जनाको शव भेटियो

२० वैशाख, काठमाडौं । अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा गएको माघ ३ गते हिमपहिरोमा परी हराएका सबै ७ जनाको शव भेटिएको छ । हिम पहिरोमा हराएका ४ जना कोरियन र ३ जना नेपालीमध्ये थप २ जनाको शव शुक्रबार भेटिएको खोजीमा खटिएको नेपाली सेनाको टोलीले जनाएको छ ।

१ जना नेपाली गाइड र १ जना कोरियन पर्यटकको शव शनिबार विशेष फौज बाहिनी अन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले फेला पारेको नेपाली सेनाले जनाएको छ । दुवैको शव आइतबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएकाे छ । यसअघि गएको सोमबार १ जना कोरियालीको शव भेटिएको थियो ।

अन्नपूर्ण गाँउपालिका-१ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका मध्ये गएको हप्ताको शनिबार दुईजनाको शव घटनास्थल नजिक मोदी नदी किनारमा भेटिएको थियो । सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव गत वैशाख ११ गते फेला परेको थियो।

कोरियाली नागरिकको शव लिन उनीहरुका आफन्त आएको भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन तथा उडान बन्द भएका कारण अन्यौल भएको छ । उनीहरुको अन्त्यष्टि यतै गर्ने वा स्वदेश नै लैजाने भन्ने बारे परिवारका सदस्यले निर्णय गर्ने कोरियाली दूतावासले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !