७ बैशाख २०८१, शुक्रबार

जङ्गली हात्ती मृत फेला


राजापुर १९ चैत्र । बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।

हात्तीको मृत्यु कसरी भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब परीक्षक घलेले जानकारी दिनुभयो । सीमावर्ती भारत उत्तर प्रदेश राज्यको बहराइचस्थित कतरनियाघाट वन्यजन्तु आरक्ष बर्दियासँग जोडिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !