७ बैशाख २०८१, शुक्रबार

तालिबानको आक्रमणमा परी १९ जना मारिए


तालिबान लडाकू समूह

एजेन्सी, १७ चैत । अफगानिस्तानको दुई ओटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीका सदस्यहरु मारिएका छन् । आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण पनि मारिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको र यसबाट ४ जनाको मृत्युको हुनुको साथै १२० व्यक्तिमा सङ्क्रमण देखिएको छ । विश्वभरी कोरोना भाइरसको सङ्क्रमणको महामारी चलिरहेको यस अवस्थामा अमेरिका र अफगानिस्तानबीच चलिरेहको शान्ति वार्ता पनि रोकिएको अवस्थामा नै रहेको छ ।

तर यस परिस्थितिमा पनि तालिबान आतङ्ककारी समूहको आक्रमण भने रोकिएको छैन् । अफगानिस्तानमा हाल पनि सुरक्षाबललाई लक्ष्यगरी हुने आक्रमण बारम्बार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !