६ बैशाख २०८१, बिहिबार

सप्तरीमा १ बालकसहित २ जनाको मृत्यु


मृत्यु

राजविराज, २७ फागुन । सप्तरीमा आज भएको छुट्टाछुट्टै घटनामा परी १ बालकसहित २ जनाको मृत्यु भएको छ । सप्तरीको फतेपुरमा बा ४१ प ६८६३ नम्बरको मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बा ४१ प ६८६३ नम्बरका मोटरसाइकल चालक सप्तरी कञ्चनरुप नगरपालिका–६ बस्ने २६ वर्षीय चन्द्रमान श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको आज साँझ विराटनगरस्थित अस्पतालमा उपचारको लागि लगिँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका– १ बस्ने २८ वर्षीय अशोक साह र २३ वर्षीय सनी साह रहेको प्रहरीले जनाएको छ । खुट्टा भाचिएर घाइते भएका उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको बोदेवरसाइन वडा नं ८ स्थित पोखरीमा दुई वर्षीय बालकको आज डुबेर मृत्यु भएको छ । मृत्यु हुने बालक अविनासकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बाबुराम कार्कीले बताउनुभयो । उनी खेल्दा खेल्दै पोखरीमा लडेर डुबेको स्थानीयवासीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !