१२ बैशाख २०८१, बुधबार

गिनीको सुन खानीमा खसेको पहिरोका कारण १५ जनाको मृत्यु


मृत्यु

कोनाक्री, २६ बैशाख । पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् ।
पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि खसेको थियो । पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरु थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरुको भनाई छ । (रासस–सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !