७ बैशाख २०८१, शुक्रबार

ट्रकको ठक्करबाट १ महिला र रुखको हाँगाले लागेर १ बालकको मृत्यु


मृत्यु

झापा । मेची राजमार्गको भद्रपुर नगरपालिका– ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडि ट्रकले किचेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान की ७५ वर्षीया गायत्री देवी प्याकुरेल रहेकी छिन् ।

भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकलेविपरीत दिशाबाट आउँदै गरेको मे१ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा सवार गायत्री देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक, सिटी चालक नियन्त्रणमा रहेको र ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।

रुखको हाँगाले लागेर बालकको मृत्यु

कमल गाउँपालिका– ५ सीतापुरीका आठ वर्षीय योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

आज दिउँसो ११ बजे बुवासँग सोही स्थानमा रहेको माई वृक्षरोपक्षको नर्सरीमा दाउरा टिप्न गएका अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा उनी घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि दमक अस्पताल दमकमा पु¥याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !