१३ बैशाख २०८१, बिहिबार

काँग्रेस बरिष्ठ नेता पौडेलका माईला भाई गाेविन्दराजकाे असामहिक निधन


गाेविन्दराज पाैडेल

काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका माईला भाई गाेविन्दराज पाैडेलकाे असामहिक निधनकाे खबरले मर्माहत बनाएकाे नेता पौडेलले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

पौडेलले लेखेका छन्, ‘मेरा प्याराे माईला भाई गाेविन्दराज पाैडेलकाे असामहिक निधनकाे खबरले मर्माहत बनाएकाे छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनकाे रत्ननगरमा बस्दै आएका थिए । प्रिय भाई नाताले भाइ भए नि मेरो साथी जस्तै गरि सबै कुरामा सहयोगी थिए । मेरो राजनीति जीवनकालमा सधै सहयोगी भुमिका निर्बाह गरेका भाई गाेविन्दकाे निधनले म आफुलाइ एक्लो भएकाे महशुस गरेको छु । प्रिय भाई गोबिन्द तिम्रो आत्माकाे चीर शान्तिकाे कामना गर्दै स्वर्गबासकाे कामना गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !