७ बैशाख २०८१, शुक्रबार

धादिङमा आफैँले लगाएको डढेलोमा परी १ जनाको मृत्यु


मनाङमा लागेको आगो अझै नियन्त्रण बाहिर फाइल फोटो

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर १ जनाको मृत्यु भएको छ । बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिए ।

आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । शुक्रबार भएको घटना गाउँलेले पोलिएको अवस्थामा शनिबार मात्र मनबहादुरको शव फेला पारेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !