पूर्वसांसद एकनाथ रानाभाटको अन्त्येष्टि Nepalpatra पूर्वसांसद एकनाथ रानाभाटको अन्त्येष्टि
१३ फाल्गुन २०७७, बिहिबार

पूर्वसांसद एकनाथ रानाभाटको अन्त्येष्टि


एकनाथ रानाभाट

चितवन । पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा आज अन्त्येष्टि गरिएको छ । उहाँको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो ।

रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी उहाँको उच्च रक्तचापका कारण मष्तिष्काघात भएपछि गत माघ २६ गते चितवन मेडिकल कलेज भर्ना हुनुभएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

उहाँको अन्त्येष्टिमा देवघाटमा नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला, पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलालगायत कांग्रेसका नेता तथा कार्यकर्ता, नेपाल कम्युनिष्ट पार्टी, राप्रपालगायतका पार्टीका जिल्लाका विभिन्न तह र तप्काका नेता एवं निवर्तमान सांसदको उपस्थिति रहेको थियो ।

अन्त्येष्टि पूर्व रानाभाटको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । उहाँ २०५६ सालमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

विसं २००९ साल कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा जन्मिनुभएका उहाँ कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्ष लगायत विभिन्न पदमा कार्य गर्नुभएको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु