११ बैशाख २०८१, मंगलबार

बाँकेमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु


मृत्यु

कोहलपुर । बाँकेमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको जानकारी दिइएको छ ।

गत पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

बिरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेसनमा बसेका उनको मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ ।

अर्को एक जना होम आइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका उनी एक्कासि बेहोस भएका थिए ।

भेरी अस्पताल लगिएलगत्तै उनको मृत्यु भएको फोकल पर्सन वलीले बताउनुभयो । उनलाई पुस २८ गते कोरोना पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !