१३ बैशाख २०८१, बिहिबार

भिरमा युवक मृतावस्थामा फेला


मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको भिरमा आज एक युवक मृतावस्थामा फेला परेका छन् । पाणिनी गाउँपालिका-७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।

घरबाट सुन्तला बेच्न हिजो सुपा देउरालीमा गएका उनी आज दिउँसो मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !