मापसेपछि कुटाकुट हुँदा घर्तीको मृत्यु Nepalpatra
१२ मंसिर २०७७, शुक्रबार

मापसेपछि कुटाकुट हुँदा घर्तीको मृत्यु


मृत्यु

रोल्पा । मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । शनिबार राति दुई जनाबीच मापसेपछि कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आज ज्यान गएको हो ।

कुटाकुटका क्रममा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज कोहलपुरतर्फ लैजादै गर्दा आज बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताउनुभयो । कुटाकुटमा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय मोहन विकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !