७ बैशाख २०८१, शुक्रबार

पाेखराका ६ जनासहित गण्डकी प्रदेशमा ७ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

पोखरा । पाेखराका ६ जनासहित गण्डकी प्रदेशमा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा कास्कीका ६ जना र तनहुँका १ जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:२० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै बिगत २४ घण्टामा गण्डकी प्रदेशमा ७ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको जानकारी दिएका हुन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार हिजो राति र आज विहान गरी ७ जनाको मृत्यु हुनेहरुमध्ये पाेखराका मात्रै ६ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

पोखरा महानगरपालिका-२७, कास्कीका ७१ वर्षीय पुरुषको हिजो बिहीबार राति १:४० बजे उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । कात्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएका उनमा श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनिया भएका थियो ।

पोखरा महानगरपालिका-८, कास्कीका ५४ वर्षीय पुरुषको आज शुक्रबार विहान ३:५० बजे उपचारको क्रममा गण्डकी मेडिकल केलजमा मृत्यु भएको छ । कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएका उनमा मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुका साथै निमोनिया पनि भएको थियो ।

म्याग्दे गाउँपालिका-४, तनहुँका ५१ वर्षीय पुरुषको आज शुक्रबार विहान ९:३० बजे उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । मंसिर ३ गते कोरोना पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-९, कास्कीका ६८ वर्षीय पुरुषको बिहीबार राति ११ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई मंसिर ४ गते कोरोना पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-२१, कास्कीका ७५ वर्षीय पुरुषको बिहीबार राति ११:२० बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई मंसिर ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको आज शुक्रबार मध्याह्न १२:३० बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका-१३, कास्कीका ५५ वर्षीय पुरुषको आज शुक्रबार विहान ४:१५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई निमोनिया भएको थियो भने आज शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

पाेखराका ६ जनासहित गण्डकी प्रदेशमा ७ जना कोरोना संक्रमितको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !