१२ बैशाख २०८१, बुधबार

भरतपुर अस्पतालमा उपचाररत हेटौंडाका संक्रमित पुरुषको मृत्यु


भरतपुर अस्पताल

चितवन, कार्तिक २० । चितवनमा एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका-६ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका कारण गत मंगलबार अस्पताल भर्ना भएका थिए । ती व्यक्तिलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अस्पतालले कोभिड आईसीयूमा राखेर उपचार गर्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !