६ बैशाख २०८१, बिहिबार

नवलपरासी पूर्वका हराइरहेका दाजुभाइ मृत फेला


हराइरहेका दाजुभाइ मृत फेला

कावासोती, २० कात्तिक । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए ।

दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट-३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । मृत्युको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !