८ बैशाख २०८१, शनिबार

नवलपुरमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु


नवलपुरमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु फाइल फोटो

कावासोती, १६ कात्तिक । गैँडाको आक्रमबाट नवलपरासी पूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आज बिहान खेतमा तोरी छर्न जाने क्रममा उहाँलाई गैँडाले आक्रमण गरेको थियो । बिहान ५ बजेको समयमा गैँडाले आक्रमण गरेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो । उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष आचार्यले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !