७ बैशाख २०८१, शुक्रबार

पाल्पाका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु


बुटवल कोरोना अस्पताल

बुटवल, कात्तिक १२ । पाल्पामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको छ । लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत पाल्पाको तानसेन नगरपालिका-२ निवासी ६० वर्षीय पुरुषको हिजो राती १० बजे मृत्यु भएको हो ।

उनी कार्तिक ११ गते ज्वरो र श्वास-प्रश्वासमा समस्या भएपछि उक्त अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए । निजको कार्तिक ११ गते स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा आज १२ गते कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

पाल्पाका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !